ककनी गाउँपालिकाले आजबाट काठमाडौंको फोहोर फाल्न नदिने « Khabarhub

ककनी गाउँपालिकाले आजबाट काठमाडौंको फोहोर फाल्न नदिने


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना भाइरसको स‌क्रमण बढेसँगै ककनी गाउँपालिकाले आजबाट एक साताका लागि डम्पिङसाइटमा फोहोर व्यवस्थापन गर्न नदिने भएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय त्रसित हुन पुगेको भन्दै एक सातासम्म डम्पिङसाइटमा फोहोर व्यवस्थापन गर्न नदिने निर्णय भएको गाउँपालिकाले विज्ञप्ति प्रकाशित गरी जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘फोहोर बोकेका सवारीसाधनको अव्यवस्थाका कारण संक्रमण हुन सक्ने भएकाले एक साताका लागि फोहोर फाल्न रोक्ने निर्णय गरिएको हो ।’

गाउँपालिकाले अत्यावश्यक सवारीसाधन एम्बुलेन्सबाहेक पदैलयात्रीलाई समेत हिँडडुल गर्न नदिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १० : ५९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा