खाल्डोमा गाडेको तीनदिन पछि जिउँदै फर्किएपछि… « Khabarhub

खाल्डोमा गाडेको तीनदिन पछि जिउँदै फर्किएपछि…


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तरी चीनको शाक्सी प्रान्तमा एक छोराले आमालाई मार्ने योजना बनाए । अनि अस्पताल लैजाने भन्दै खाल्डोमा पुरेर हिँडे ।

एकाएक आमा हराएपछि घरका सबैले खोज्न थाले तर आमा कतै भेटाउन सकेनन् । अनि, आमा हराएको कुरा उनीहरुले प्रहरी कार्यलयमा जानकारी गराए ।

घटना दर्ता भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा आमालाई उनकै छोराले तीन दिन पहिला एक प्रकारको ह्विलचियरमा राखेर अस्पताल लाने भन्दै लिएर गएको र घाईते बनाएर खाल्डोमा गाडेको पत्ता लाग्यो ।

तीनदिन पछि खाल्डोबाट आमा निस्किएपछि सबै अचम्ममा परे । शाक्सी प्रान्तको जिंगबियन काउन्टीमा नजरबन्द गरेर आमालाई राखेको र त्यतिमात्रै नभएपछि बेहोस बनाएर खाल्डोमा गाडेको कुरा प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगायो ।

सरकारी मिडियाले एक रिपोर्टमा बताए अनुसार महिलालाई छोराले बेहोस बनाएर खाल्डोमा गाडेको बताइएको छ । जिंगबियन काउन्टी अभियोजक कार्यालयका एक अधिकारीले फोनमा उक्त घटनाको बारेमा अनुसन्धान चलिरहेको बताएका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १० : ५७ बजे

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका