कोरोना भाइरस संक्रमणका समयमा गुर्जोको सेवन कति फाइदाजनक ? « Khabarhub

कोरोना भाइरस संक्रमणका समयमा गुर्जोको सेवन कति फाइदाजनक ?

गुर्जोको सेवनले रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि


५ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चाणक्य नीतिदर्णपको अध्याय ९ को चौथो श्लोकमा चाणक्यले भनेका छन् ।

सर्वौषधीनाममृतं प्रधानं सर्वेषु सौख्येष्वशनं प्रधानम् ।
सर्वेन्द्रयाणं नयनं प्रधानम् सर्वेषु गात्रेषु शिरः प्रधानम् ।।

अर्थात सवै औषधिहरुमा गुर्जो मुख्य छ । सबै सुखहरुमा भोजन मुख्य छ । सबै ईन्द्रियहरुमा आँखा श्रेष्ठ छ । सबै शरीरमा शिर(टाउको) प्रधान छ ।

हाम्रो गाँउ घरमा पाईने गुर्जो (एक प्रकारको लहरा) जसको सेवनले सवै प्रकारको रोगहरुलाई निको पार्ने वा शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने कुरा चाणक्यले उल्लेख गरेका छन् ।

औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्योरो, रुघाखोकी र चिसोमा लाग्ने बाथ लगायत अन्य धेरै रोगको औषधिको रुपमा प्रयोग गरिन्छ । साथै बिभिन्न खालको एलर्जी,चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ ।

संस्कृतमा गिलोयसत्वा भनेर चिनिने यसको वैज्ञानिक नाम टिनोस्पोरा कार्डिफोलिया हो ।
आनन्दमार्गका प्रवर्तक श्री आनन्दमूर्ती जीले गुर्जोको बारेमा प्रकास पार्दै गुर्जोमा सर्वोषदीय गुण रहेको हुनाले यसको विहान बेलुकी सेवनगर्नाले सवै प्रकारका रोगहरु निको हुनुको साथै यसको संरक्षण र संवद्र्धन गर्ने पर्ने कुरामा जोड दिएका छन् ।

भारतीय टेलिभिजनको एक अन्तर्वातामा बाबा रामदेवले पनि अमृता अर्थात गुर्जोको सेवनले शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने कुरा बताएका थिए । त्यसै गरि आयुर्वेदका ज्ञाता मानिने बालकृष्ण आचार्यले गुर्जोको सहि तरिकाले प्रयोग गर्ने हो भने यसले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्ने उल्लेख गरेका छन् ।

कलमपित्त तथा कलेजो सम्बन्धी समस्यासँगै भाईरसको सङ्क्रमणविरुद्ध गुर्जोले लड्न सक्ने उनको भनाई छ । नेपालको जुनसुकै वातावरणमा यो लहरा हुन्छ वा खेतीगर्न सकिन्छ ।

त्यसैगरि वनस्पति विज्ञ प्रोफेसर डा. प्रमोदकुमार झाले पनि नेपालमा पाईने गुर्जोको सेवनगर्न सुझाव दिने गरेका छन् । उनका अनुसार गुर्जोमा औषधीय गुणको टिनोस्पोरिन, टिनोस्पाराएड, कर्डिफोलाईड्स, कर्डिफोला, पिक्रोटिन, बरजेनिनलगायतका विभिन्न खाले बहुउपयोगि रासायनिकतत्व पाईन्छन् ।

जसलाई बिहान बेलुकी सेवन गर्नाले बिभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकोले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
ज्यो.दुर्गा भण्डारी 

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ११ : ०९ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली