कोरोना संक्रमितको शव जलाएपछि सिल गरिएको विद्युतीय शवदाह गृह सञ्चालनको तयारी | Khabarhub Khabarhub

कोरोना संक्रमितको शव जलाएपछि सिल गरिएको विद्युतीय शवदाह गृह सञ्चालनको तयारी


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ ।

कोरोना संक्रमित सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको गत शनिबार राति शवदाह गरेपछि विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक राजु रेग्मीले जानकारी दिए ।

सरसफाइपछि आज अपराह्नदेखि विद्युतीय शवदाह गृह पूर्ववत् सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । शवदाहमा संलग्न भएका छ जना कर्मचारीको पीसीआर विधिमार्फत स्वाब परीक्षणसमेत गर्न लागिएको उनले जानकारी दिए ।

कोरोना सङ्क्रमितलाई जलाउने क्रममा विद्युतीय शवदाह गृहमा संलग्न कर्मचारीले लगाएको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पनि नष्ट गरिएको छ ।

कोरोना सङ्क्रमितलाई जलाएपछि शवदाह गृह सफाइका लागि ३६ घण्टा बन्द गर्नैपर्ने भएकाले सेवा सञ्चालनमा समस्या आएको थियो ।

संक्रमणको जोखिमका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ ।

विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ । दुई कोरोना सङ्क्रमित भई निधन भएकाको शव एकैपटक जलाउने गरी तयारी गर्ने लगायतका विषयमा कोषले सरकारसँग छलफल गर्ने भएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ११ : ५० बजे

माओवादी लक्षित एमाले महासचिवको कटाक्ष : ३२ सिटेले दम्भ देखाएपछि वर्तमान गठबन्धन बन्यो

धनकुटा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान

ओलीले दुई मुटु एक धड्कन भएर काम गरौँ भन्नुभएको छ : वामदेव गौतम (अन्तर्वार्ता)

काठमाडौं- नेकपा (एमाले) बाट ०७८ भदौ १८ मा राजीनामा दिने

इजरायलले सार्वजनिक गर्‍यो ३३ बन्धकहरूको सूची, विपिन जोशी परेनन्

 काठमाडौं– इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको

वर्तमान सरकारको तानाशाह शैली छ : माधव नेपाल

सर्लाही– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा