नीति तथा कार्यक्रममा ठोस कुरा आएनन्– महेन्द्रराय यादव « Khabarhub

नीति तथा कार्यक्रममा ठोस कुरा आएनन्– महेन्द्रराय यादव


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कोरोना संकट समाधानका लागि ठोस कुराहरु नआएको बताएका छन् ।

प्रतितिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा माग दिँदै उनले जनताले विश्वास गर्ने कुनै पनि कुराहरु नीति तथा कार्यक्रममा नरहेको बताए ।

प्रदेशलाई अधिकारबिहीन बनाएको उल्लेख गर्दै उनले अहिलेको संकटबाट जनतालाई कसरी बचाउने, अर्थतन्त्र कसरी जोगाउने भन्ने विषय नीति कार्यक्रममा कहिकतै उल्लेख नभएको बताए ।

कोरोना महामारीबाट प्रभावित क्षेत्रमा विशेष राहतका प्याकेज ल्याउन माग गर्दै यादवले कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा मौसमी राष्ट्रवाद देखाएको बताए ।

नेपालको एक इन्च भूमि पनि मिच्न नदिने कुरामा सबै एक ठाउँमा हुँदा पनि सरकारले समस्या सामाधान गर्न नसकेको उनले बताए ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १ : ०० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग