सांसद अपरहणको आरोप प्रमाणित गरेर देखाउनुहोस्– कृष्णकुमार श्रेष्ठ « Khabarhub

सांसद अपरहणको आरोप प्रमाणित गरेर देखाउनुहोस्– कृष्णकुमार श्रेष्ठ


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफु माथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् ।

प्रतिनिधिसधभाको सोमबारको बैठकमा बोल्दै उनले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताए ।

उनले भने, ‘केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुराहरु आए र म लगायत माननीय महेश बस्नेतसमेतको चरित्र हत्या गर्ने काम भयो ।

सम्पुर्ण माननीयहरुलाई साक्षी राखेर म भन्न चाहन्छु । अपहरणको आरोप लगाउनेहरुलाई म चुनौति दिन चाहन्छु । यदि प्रमाणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?’

विवादास्पद अध्यादेशसंगै पार्टी फुटाउने षडयन्त्र अनुसार, प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सांसद डाक्टर सुरेन्द्र यादवलाई सर्लाहीबाट अपहरण गरी काठमाडौं ल्याउने काम गरेको भन्दै जनता समाजवादी पार्टीका सांसद डाक्टर बाबुराम भट्टराईले सांसद श्रेष्ठ, महेश बस्नेत र निर्वतमान प्रमुख प्रमुख सर्वेन्द्र खनालविरुद्ध जिल्ला सरकारी कार्यलय काठमाडौंमा मुद्धा दर्ता गरेका छन् ।

नेपाल प्रहरीले पनि सांसद अपहरणको अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १ : २७ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग