इजरायली संसदबाट नयाँ सरकारलाई विश्वासको मत « Khabarhub

इजरायली संसदबाट नयाँ सरकारलाई विश्वासको मत


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली संसद (नेसेट)ले प्रधामन्त्री बेन्जामिन नेतन्याहू र मुख्य विपक्षी नेता बेन्नी गान्जको एकताको नवगठित सरकारलाई समर्थन गरेको छ ।

विश्वासको मत प्राप्त गर्न नेसेटमा भएको मतदानमा नवगठित सरकारको पक्षमा ७३ मत प्राप्त भएको थियो । विपक्षमा ४६ मत परेको थियो ।

इजरायलकै इतिहासमा कुनै दल वा गठबन्धनले बहुमत ल्याउन नसक्दा एक वर्षभित्रै तेस्रो पटक संसदका लागि आमनिर्वाचन भएको थियो । सरकार गठनमा यसपटक पनि समस्या देखिएपछि प्रधानमन्त्री नेतन्याहू र उहाँका प्रतिद्वन्द्वी बेन्नी गान्जबीच सत्ता साझेदारीका विषयमा सहमति जुटेपछि नयाँ सरकार गठन भएको हो ।

सरकारले संसदबाट अनुमोदन प्राप्त गरेलगत्तै अब नयाँ मन्त्रिपरिषद गठनका लागि बाटो खुलेको छ ।

नयाँ सम्झौता बमोजिम पहिलो १८ महिना वर्तमान प्रधानमन्त्री नेतन्याहू प्रधानमन्त्री पदमा रहनेछन् भने त्यसपछि सन् २०२१ को नोभेम्बर १७ बाट बेन्नी गान्ज प्रधानमन्त्री बन्नेछन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ५ : ३३ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष