कोरोना संक्रमण देखिएका बाँकेका ४७ जना भारतबाट आएको खुल्यो « Khabarhub

कोरोना संक्रमण देखिएका बाँकेका ४७ जना भारतबाट आएको खुल्यो


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँकेमा कोरोना संक्रमण देखिएका ४७ जना पछिल्लो समय भारतबाट आएर क्वारेन्टाइमा रहेका व्यक्तिहरु भएको पाइएको छ ।

भेरी अस्पतालका प्रमूख डाक्टर प्रकश बहादुर थापाका अनुसार आज संक्रमण पुष्टि भएका बाँकेका ४७ जना भारतबाट केही समयअघि नेपाल फर्किएका व्यक्ति हुन् ।

डा थापाका अनुसार नरैनापुर गाउँपालिकाले ३ वटा क्वारेन्टाइमा रहेकाहरुको नमूना संकलन गरी कोरोना परीक्षण गर्ने क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएर गाउँपालिकाले व्यवस्थापन गरेको तीनवटा क्वारेन्टाइन स्थलमा रहेका २ सय ६३ जनाको नमूना संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो । डा थापाका अनुसार क्वारेन्टाइन स्थालमा रहेका अन्य व्यक्तिहरुको पनि कोरोना परीक्षणको क्रम जारी रहेको छ ।

डा थापाका अनुसार आज संक्रमण पुष्टि भएका ४७ जना क्वारेन्टाइमै रहेकाक छन् ।

नेपालगञ्जमा भेरी अस्पतालको व्यवस्थापनमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा कोरोना संक्रमितलाई राख्ने गरिएको थियो । ४० वेडको आइसोलेसन रहेको सो अस्पतालमा २६ जना कोरोना संक्रमति यसअघि नै रहेका छन् । जिल्लामा एकै पटक ४७ जना संक्रमित थपिएपछि उनीहरुलाई कसरी आइसोलेट गर्ने भनेर समस्या उत्पन्न भएको छ ।

डा थापाका अनुसार नयाँ थपिएका ४७ जनालाई आइसोलेनमा राख्ने विषयमा अहिले जिल्लामा छलफल चलिरहेको छ ।

हामीले संक्रमित हेर्दै आएको सुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा ४० जना सम्म संक्रमित राख्न मिल्छ, एकै पटक यति धेरै जनामा संक्रमण पुष्टि भएपछि अब उनीहरुलाई त्यहा राख्ने ठाउँ नै पुग्दैन, डा थापाले भने, अब उहाँहरुलाई आइसोलेसनमा राख्न वैकल्पिक रुपमा आइसोलेन स्थान बनाउनुपर्छ, यो विषयमा अहिले छलफल चलिरहेको छ ।

नरैनापुर गाउँपालिकाका सुचना अधिकारी लक्ष्मी कान्त मिश्राका अनुसार उनीहरु बैशाख २१ र ३० गते भारतबाट नेपाल आएका थिए । उनका अनुसार १ सय ९२ जनाको रिपोर्ट आएकोमा ४७ मा कोरोना पोजेटिभ आएको हो ।

मिश्राका अनुसार गाउँपालिकामा १३ वटा क्वारेन्टाइमा ७ सय १८ जना रहेका छन् । मिश्राका अनुसार १३ वटा क्वारेन्टाइन मध्ये ३ वटा क्वारेन्टाइमा रहेका व्यक्तिहरुको मात्र कोराना परीक्षण गरिएको थियो ।

मिश्राका अनुसार आज संक्रमण पुष्टि भएका ४७ जना आदर्श मावि, दिपेन्द्र प्रावि र नेरा प्राविको क्वारेन्टाइमा रहेका व्यक्तिहरु हुन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : १३ बजे

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड

विश्वकप फाइनलमा मेसी र यमालको महँगो भिडन्त : एउटा टिकटको मूल्य ३० करोड रुपैयाँ !

काठमाडौँ – अमेरिकाको न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा हुने फिफा विश्वकप

विपद पूर्वतयारीमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक

माइकल ओलिसेले विश्वकपमा बनाए ७ असिस्टको रेकर्ड : पेलेको कीर्तिमान भङ्ग

काठमाडौँ – जारी विश्वकप २०२६ मा फ्रान्सका मिडफिल्डर माइकल ओलिसेले