कोरोना भाइरसविरुद्ध एकतावद्ध भएर लड्न मन्त्री गुरुङको आग्रह « Khabarhub

कोरोना भाइरसविरुद्ध एकतावद्ध भएर लड्न मन्त्री गुरुङको आग्रह


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एकतावद्ध भएर लड्न सबै प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् ।

मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलगायतका संवेदनशील वर्ग र समूदायमा कोरोना भाइरसको संक्रमण हुन नदिन तत्काल कार्ययोजना बनाउन पनि प्रदेश र स्थानीय तहको ध्यानाकर्षण गराएका छन्उ ।

उन आवश्यक कार्यसम्पादन गर्न प्रदेश स्तरीय, नगरस्तरीय र पालिकास्तरीय समिति बनाएर काम गर्न संघीय सरकारले कार्य योजना बनाएको उनले जानकारी दिए ।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट सबै प्रदेशका सामाजिक विकासमन्त्रीहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै मन्त्री गुरुङले कोरोना भाइरसविरुद्धको लडाईमा सफलता हासिल गर्न प्रदेश र स्थानीय तहसँग जीवन्त सम्बन्ध राखेर अघि बढन संघीय सरकार प्रतिवद्ध रहेको पनि बताए ।

‘कोरोना भाइरसविरुद्धको लडाइँमा एकतावद्ध भएर अघि बढन म सबै प्रदेश र स्थानीय तहलाई आह्वान गर्दछु,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि प्रदेशमा प्रदेश स्तरीय, जिल्लामा जिल्ला स्तरीय र पालिका स्तरीय समिति बनाएर काम गरौं ।’

गत बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको संरक्षणका लागि प्रदेशमा प्रदेश स्तरीय, जिल्लामा जिल्ला स्तरीय र पालिकामा पालिका स्तरीय समिति बनाउने गरी कार्यविधि स्विकृत गरेको थियो ।

सोही कार्य योजना अनुसार एक हप्ता भित्र समिति बनाएर काम गर्न प्रदेश, जिल्ला समन्वय समिति र नगर/गाउँपालिकालाई मन्त्री गुरुङको आग्रह गरे ।

बैठकमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दशन बराल, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सर्तकताका साथ काम भइरहेको जानकारी मन्त्री गुरुङलाई गराएका थिए ।

सो ‘भर्चुअल’ बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले पनि कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सहकार्यका साथ काम गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : ५३ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा