इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको प्रभावशाली जीत « Khabarhub

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको प्रभावशाली जीत


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीपछि सुरू भएको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले प्रभावशाली जीत दर्ता गरेको छ ।

बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनलमाथि ३–० को जीत दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता बनाएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गरेर सुरुवाती अग्रता दिलाए ।

५१ औँ मिनेटमा पाएको पेनाल्टीमा केविन ड्री ब्रुयनाले गोल गरेपछि सिटीले अग्रता दोब्बर पार्‍यो ।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा फिल फोडिनले गोल गरेपछि सिटी ३–० ले विजयी भयो।

जीतपछि दोस्रो स्थानको सिटीको २९ खेलबाट ६० अंक भएको छ । आर्सनल ४० अंकसहित नवौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : ४६ बजे

‘आबाट आमा’को सिक्वेलको वैशाखमा सुटिङ, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

वीरगञ्ज– पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि