कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउँदै « Khabarhub

कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउँदै


४ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – कोरोना भाइरसको महामारीले विदेशी भूमिमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आज पनि उद्धार जारी राख्ने भएको छ ।

श्रम मन्त्रालयका अनुसार विहीबार कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउन लागेका हुन् ।

कुवेतमा आममाफी पाएका १५० जना, ओमानबाट १८० र मलेसियाबाट पनि केही नेपाली आउँन लागेका हुन् ।

कुवेतबाट नेपालीलाई लिएर जजिरा एयर काठमाण्डौ आउनेछ । ओमानबाट सलाम एअरको चार्टर्ड उडानमार्फत १८० नेपाली स्वदेश फर्कने छन् भने मलेसियाबाट  हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरू स्वदेश फर्कने छन्।

सरकारले यही जेठ २३ गतेबाट विदेशमा रहेका नेपालीको उद्धार सुरू गरेसँगै कुवेतमा रहेका नेपाली पनि स्वदेश फर्कन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतबाहेक ३३ मुलुकका २४ हजार १४८ जना नेपालीहरूलाई प्राथमिकताका आधारमा नेपालमा ल्याउनुपर्नेछ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : २५ बजे

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न