१८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक « Khabarhub

१८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ ।

वुधबार बिहान ४:१५ बजे खसेको पहिरो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी दिए ।

शुरुआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उनले जानकारी दिए । पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए ।

सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन् । सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ७ : ३७ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि