लद्दाख प्रकरण : चीन र भारतको सैन्य वार्ता निष्कर्षविहिन « Khabarhub

लद्दाख प्रकरण : चीन र भारतको सैन्य वार्ता निष्कर्षविहिन


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ४५ वर्षपछि भएको हिंसात्मक भीडन्तभएपछि चीन र भारतका सैन्य अधिकारीहरूबीच भएको वार्ता निष्कर्षविहिन भएको छ ।

२० भारतीय सैनिकको मृत्यु हुने गरी सोमबार राति भएको लद्दाख घटनाबारे छलफल गर्न बसेको भारत र चीनको सैन्य वार्ता विना निष्कर्ष टुंगिएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार घटनापश्चात मेजर जनरल स्तरको वार्ता भएको थियो। तर, वार्ताले परिणाम निकाल्न सकेन।

उक्त घटनालाई लिएर बुधबार नै भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी चीन वांगबीच टेलिफोन वार्ता भएको थियो।

लद्दाख प्रकरण लगत्तै दुवै मुलुकले सुरक्षा सतर्कता अझ बढाएका छन् । भारतले उक्त क्षेत्रमा सुरक्षा तैनाथी थप बढाएको बताइएको छ भने चीनले तिब्बत क्षेत्रमा सैन्य अभ्यास नै गरिरहेको समाचारहरू बाहिरिएका छन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ८ : ०९ बजे

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु