यी हुन् अहिलेसम्म कोरोना संक्रमण नदेखिएका नेपालका तीन जिल्ला « Khabarhub

यी हुन् अहिलेसम्म कोरोना संक्रमण नदेखिएका नेपालका तीन जिल्ला


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिन यता नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा देखिएको छ ।

बुधबार एकैदिन पाँच सय ८६ संक्रमित थपिए । विहीबार विहान मनाङका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ ।

अब प्रदेश एकको ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा मात्र अहिलेसम्म संक्रमण देखिएको छैन ।

स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको हो । उनी हालै कपिलवस्तुबाट मनाङ गएको जनाइएको छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा ओखलढुंगा मात्रै कोरोनाले नछोएको जिल्ला हो । १३ जिल्ला रहेको बागमती प्रदेशमा रसुवा मात्रै अहिलेसम्म कोरोनाबाट जोगिएको छ ।

कोरोना संक्रमित नदिखिएको अर्को गण्डकी प्रदेशको मुस्ताङ हो । गण्डकी प्रदेशमा मुस्ताङबाहेक १० वटा जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकअनुसार नेपालमा ७ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ९ : २३ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको