बजेटको तयारीमा स्थानीय सरकार | Khabarhub Khabarhub

बजेटको तयारीमा स्थानीय सरकार


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्घ र प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेको छ । असार १० गतेभित्र स्थानीय तहले अघिल्ला वर्षमा गाउँटोलमा भेला गरी प्राथमिकता आधारमा योजना छनोट गर्दै आए पनि यस वर्ष सीमित अगुवाहरुसँग छलफल गरी योजना छनोटका लागि सुझाव सङ्कलन शुरु गरेका छन् ।

भजनी नगरपालिकाले नीति तथा कार्यक्रमका लागि सामाजिक अगुवासँग गरेको छलफलमा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई मुख्य प्राथमिकता दिनुपर्ने सुझाव आएको छ ।

नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले विगतका अधुरा कार्यक्रमलाई निरन्तरता दिने बताउँदै स्वास्थ्यमा बजेट केन्द्रित हुने बताए । “सुझाव सङ्कलन गरिरहेका छौँ, त्यसैलाई आधार मानेर नीति तथा कार्यक्रम ल्याउछौँ”, नगरप्रमुख चौधरीले भने, “अहिलेको अवस्थामा गत वर्ष भन्दा बजेट केही घटेर बजेट आउला ।”

कैलारी गाउँपालिकाले पनि बजेटको तयारी शुरु गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । उनले विगतमा जस्तो होडबाजी नभएको बताउँदै वडास्तरदेखि गाउँपालिकाले योजनाको विषयमा छलफल गरिरहेको बताए । अघिल्लो वर्ष गाउँपालिकाले रु ५३ करोड बजेट विनियोजन गरेकामा आउँदो वर्ष रु ५० करोडसम्मको बजेट ल्याउने उनले बताए ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले कार्यपालिकाको बैठक बस्न नसकेकाले बजेटका विषयमा छलफल शुरु नभएको बताए । अध्यक्ष चौधरीले भने, “स्वास्थ्यलाई बजेटको प्राथमिकतामा राख्छौ ।”

गाउँपालिकाले चालू आर्थिक वर्षलाई रु ६९ करोडको बजेट ल्याएको थियो । आउँदो वर्षमा केही बढ्न सक्ने बताइएको छ । लम्कीचुहा नगरपालिकाले बजेटका लागि सुझाव सङ्कलन थालेको छ । विभिन्न क्षेत्रका अगुवालाई फरक समयमा बोलाएर सुझाव सङ्कलन भइरहेको नगरप्रमुख महादेव बजगाईँले बताए ।

अनुदान बढेर आएकोले बजेट केही बढ्न सक्ने तर अहिलेको अवस्थामा के काम गर्ने भन्ने अन्योल छाएको बताउनुभयो । नगरप्रमुख बजगाईँले भने, “क्वारेन्टिनमा मानिसलाई व्यवस्थापन गर्न निकै चुनौती छ, उता क्वारेन्टिन हेर्ने कि यता कार्यालय ? गाह्रो भइरहेको छ ।”

टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले बजेटको आन्तरिक तयारी भइसकेको बताउँदै वडाका योजना छनोटका लागि नगरपालिकाले परिपत्र गरिसकेको बताए । उनले आगामी बजेट केही घट्ने सम्भावना रहेको र वडामा जाने बजेटमा कटौती गरिएको बताए ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १ : ५२ बजे

म्याक्रोंले गलत बोले, म जी–७ बाट फर्किनु र इजरायल-इरान युद्धविरामबीच कुनै सम्बन्ध छैन : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडामा भएको जी–७ शिखर

सङ्घीय निजामती विधेयक आज पारित गरिँदै

काठमाडौँ – सरकारी कर्मचारी र प्रशासन क्षेत्रले महत्वका साथ पर्खिरहेको

लोकतान्त्रिक शासन प्रणालीमा न्यायालय

लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र, निष्पक्ष र विश्वसनीय न्याय व्यवस्था हो। जब

सबैलाई चकित पार्दै जी–७ सम्मेलन छाडेर अमेरिका फर्किए ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा जारी जी–७ सम्मेलनमा सबैलाई

दिगो आर्थिक रूपान्तरण आजको आवश्यकता हो : प्रवक्ता महत

गलकोट– पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दिगो