बाढीले क्षति पुर्‍याएपछि गोरखा र तनहुँ जोड्ने तुरतुरे पुल अवरुद्ध « Khabarhub

बाढीले क्षति पुर्‍याएपछि गोरखा र तनहुँ जोड्ने तुरतुरे पुल अवरुद्ध


४ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको पालुङटार नगरपालिका–५ र तनहुँको भानु नगरपालिका–३ जोड्ने मस्याङ्दी नदीको पुललाई गएराति बाढीले क्षति पुर्‍याएपछि आवत जावत अवरुद्ध भएको छ ।

तनुहुँबाट तुरतुरे हुँदै गोरखा प्रवेश गर्ने मुख्यनाकाका रूपमा रहेको सो बेलीब्रिज पुलको दायाँबायाँ बाढीले कटान गरेपछि आज बिहानदेखि नै पुलमा सवारी आवागमन रोकिएको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिए ।

बाढीले पुलको तनहुँतर्फको भागमा बढी क्षति पुर्‍याएको उनले बताए । ‘पुलमा सवारी साधन गुड्न सक्ने अवस्था छैन’, उनले भने, ‘तनहुँबाट पालुङटार छिर्ने मुख्यनाकामा नै अवरुद्ध हुँदा मानिसलाई अत्यावश्यक कामका लागि समेत ओहोरदोहोर गर्न अप्ठ्यारो भएको छ ।’

बाढीले पुलको एकतर्फको भागको बाटो नै बगेको स्थानीयवासी अशोक मरहठ्ठाले बताए ।

उनले पुल मर्मत नगर्दासम्म अब सवारी साधन आवातजावत गर्न नसक्ने अवस्था रहेको बताए ।

‘पानीको बहाव बढ्दा पुलको मुख्य बेस नै करिब चार फिट कटान भएको छ’, उनले भने, ‘बाढीले कटान गरेपछि अहिले त मान्छे हिँड्नसमेत जोखिम भएको छ ।’ उक्त बेलीब्रिज पुल करिब १५ वर्षअघि निर्माण भएको हो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ३ : ५० बजे

पोखराले गुमायो पाचौँ विकेट, ८ बलमा ३ रन बनाएका शकिब आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा अहिले

नानो फर्टिलाइजर र जैविक मल आवश्यक पदार्थको सूचीमा समावेश

काठमाडौं– सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र

सरकारका प्रवक्ताको गैरजिम्मेवार जवाफ- पत्रकार धरपकडबारे सरकारलाई जानकारी थिएन

काठमाडौं– सरकारले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको

ट्रम्पविरुद्ध इरानको आक्रामक प्रचार : तेहरानको विशाल बोर्डमा के-के लेखियो ?

तेहरान– इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै हत्या गर्ने धम्कीसहितका

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एजेन्सी– दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित