चीनको चेतावनी : नेपाल र पाकिस्तानले पनि भारतलाई सैन्य जवाफ दिन सक्छन « Khabarhub

चीनको चेतावनी : नेपाल र पाकिस्तानले पनि भारतलाई सैन्य जवाफ दिन सक्छन


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले अमेरिकाको इसारामा आफूविरुद्ध लाग्ने भारतका लागि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

भारत चीन सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका ८१ समूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले युद्धका लागि विभिन्न उपकरणको प्रयोग गरिएकोसमेत प्रष्ट पारेको छ ।

चीनले भारतीय मिडिया पश्चिमा मिडियाजस्तै चीनविरुद्ध प्रयोग भएको निष्कर्ष पनि निकालेको छ । चीनले दक्षिण एसियामा भारतले विभिन्न प्रकारका विवाद निम्ताएको दावी गरेको समाचार ग्लोबल टाइम्सले जनाएको छ । ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र हो ।

ग्लोबल टाइम्पसले लेखेको सम्पादकीय तथा समाचार टिप्पणीलाई सरकारको आधिकारीक दृष्टिकोणका रुपमा लिने गरिन्छ ।

सम्पादकीयमा लेखिएको छ, ‘कोरोना महामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद गरिरहेको छ । पाकिस्तान चीनको विश्वसनीय रणनीतिक साझेदार हो । नेपालसँग चीनको घनिष्ठ सम्बन्ध छ । यी दुई देश चीनको बेल्ट एण्ड रोड परियोजनामा साझेदार हुन् । यदि भारतले सीमा विवादलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सैन्य दबाबको सामना गर्नुपर्ने हुनसक्छ । यहाँसम्मकी तीनवटै देशले सैन्य दबाब दिएमा के हुन्छ ? भारतका लागि त्यो समय विनाशकारी हार हुनसक्छ ।’

तीन दिनअघि भारतीय र चिनियाँ सैनिकबीच पूर्वी लद्दाखको विकट गलवान उपत्यकामा हिंस्रक झडप भएको थियो । झडपमा २० भारतीय सैनिकको मृत्यु भयो भने भारतले चीनतर्फ पनि ४० जना मारिएको दावी गरेको छ । लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो। भारत-चीन सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो।

झडपपछि भारत र चीनले विदेशमन्त्री स्तरीय, सैन्य कमाण्डर स्तरमा र दूतावासमार्फत पनि वार्ता गरिरहेका छन् । तर एकअर्काविरुद्ध दुवै देशले सीमा क्षेत्रमा सैन्य क्षमता बढाएपछि थप तनावको अवस्था सिर्जना भएको छ । चीन र भारतबीचको विवादमा दुवै देशका सञ्चारमाध्यमले नेपाललाई पनि तानिरहेका छन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ४ : २८ बजे

युभेन्ट्सको इटालियन सिरी ‘ए’ मा सहज जित

इटली – डुसान भ्लाहोभिचले दुई गोलसँगै एक असिसट प्रदान गरेपछि

मेक्सिकोले टर्कीको भूकम्प भग्नावशेष खोजतलास गर्न पठायो कुकुर  

मेक्सिको – मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई

लमजुङ केन्द्रविन्दु भएको भूकम्प

काठमाडौँ – लमजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज बिहान

नयाँ व्यक्तिले नेतृत्व लिए देशमा परिवर्तन सम्भव छ

स्वागत नेपाल विभिन्न विधामा छरिएका छन्। लामो समय पत्रकारिता गरेका

काठमाडौँको तीनकुनेमा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ – काठमाडौँको तीनकुनेमा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको