एमसीसी सम्झौताबारे अनावश्यक टिप्पणी भयो – प्रधानमन्त्री ओली « Khabarhub

एमसीसी सम्झौताबारे अनावश्यक टिप्पणी भयो – प्रधानमन्त्री ओली


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौताका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै गुनासो गरेका छन् ।

‘एमसीसी पढेका मान्छे मैले भेटिनँ । एमसीसी सम्झौता खोजेर पढे हुन्छ,’ राष्ट्रियसभामा बजेटमाथिको छलफलमा उठेका प्रश्नको बिहीबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘जसरी भए पनि विरोध गर्ने कस्तो चिन्तन हो, टाउकोले टेकेर हिँड्ने कस्तो अभ्यास हो ? सम्झौता पढेर भन्नु एउटा कुरा हो । अमेरिकी सेना आउने भयो भनेर के भन्या ? कहाँ पढ्छन्?’

एमसीसी सम्झौता संसदमा ल्याउने जनाउ दिँदै उनले लहलहैमा लाग्ने प्रवृत्ति आफूलाई अचम्म लागेको बताए । प्रधानमन्त्रीले भने, ‘अहिले सडक र अन्तको समेत विषय पनि बनेको छ, एमसीसी तर पढे हुन्थ्यो नि, सम्झौतामा के लेखेको छ ।’

प्रधानमन्त्रीले एमसीसीको विरोध गर्नेहरूलाई देशमा विकास हुन लागेको भनेर चिन्ता लागेको भन्दै कटाक्ष गरे । महाकाली सन्धि पनि बबण्डर गर्ने खालको विषय नभएको उनको जिकिर थियो । ‘हामी देशको सर्वोच्च जनप्रतिनिधि संस्थाको प्रतिनिधि हौँ । हामीले इतिहासमा दर्ज हुने गरी बोल्नपर्छ,’ ओलीले भने, ‘महाकाली सन्धिका सन्दर्भमा यति ठूलो बबण्डर भयो, मैले त केही देखेको छैन ।’

लगानी कस्तो स्वीकार्ने वा नस्वीकार्ने भन्नेमा सरकारले नीति बनाएको भन्दै उनले त्यसमा बखेडा नझिक्न उनले सुझाव दिए । आफ्नो देशभक्तिमाथि प्रश्न गर्नेहरूलाई ओलीले आफूले देशका विरूद्ध बोलेको प्रमाण ल्याउन चुनौती दिए ।

‘५५ वर्ष भयो मैले राजनीति गरेको, यसबीचमा देश हितविरुद्धको भनाइ कसैले खोजेर ल्याइदिए धन्यवाद भन्छु,’ उनले भने, ‘महाकाली सन्धिका विषयमा पनि कसले के भन्यो भन्ने विषय होइन । मैले २०५३ सालमा पनि लिम्पियाधुरा नेपालकै हो भनेर लिखितरूपमा भनेको रहेछु ।’

संविधान दोस्रो संशोधन विधेयकका सन्दर्भमा प्रतिनिधिसभामा बोल्ने क्रममा जनता समाजवादी पार्टीका नेताहरूले करिब साढे दुई दशकअघि महाकाली सन्धि गर्ने क्रममा महाकाली नदीको मुहान किटान नगरेको भन्दै चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ५ : २५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच