चार हजार हेक्टर धानबाली डुबान « Khabarhub

चार हजार हेक्टर धानबाली डुबान


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ ।

रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुई/दुई हजार हेक्टरमा लगाइएको  धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।

केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाका कृषि अर्थविज्ञ किसनदेव राउतले सप्तरी र सिरहामा ९० देखि ९५ प्रतिशत धान रोपाइँ भइसकेका बेला लगातारको वर्षासहित आएको बाढीले धानबाली डुबाएको बताए ।

सप्तरीको तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान बिहुल गाउँपालिका, हनुमाननगर कङ्कालिनी, डाकनेश्वरी, सप्तकोशी नगरपालिकामा लगाएको धानबाली डुबानमा परेको छ ।

सप्तकोशी, खाँडो, त्रियुगा, महुली, बलान, खडक, जितालगायत खोलाको बाढी धानबालीमा पसेको राउतले बताए ।

यसैगरी, सिरहामा कमला, मैनावतीलगायत नदीको बाढीले भगवानपुर, नवराजपुर, वरियारपट्टि, औरही, सिरहालगायत नेपाल–भारत सीमा क्षेत्रका स्थानीय तहको धानबाली डुबानमा परेको राउतले जानकारी दिए ।

डुबानमा परेकामध्ये सरदर एक/एक हजार हेक्टर खेत जलमग्न हुँदा पूर्ण असर र बाँकी क्षेत्रमा पनि डुबानको असर देखिएको छ । थप वर्षा नभए डुबान भएको धानबाली जोगिन सक्छ तरलगत्तै वर्षा भएमा क्षति हुने राउतले बताए ।

साउनको दोस्रो सातासम्म वर्षा नभए बाली नबिग्रिने र उत्पादन बढ्ने राउतले जनाए । लगातार डुबानमा परिरहे बीउ कुहिने धान उत्पादन नहुने उनको भनाइ छ ।

सप्तरीमा ६२ हजार ८०० हेक्टर र सिरहामा ५४ हजार हेक्टरमा धानबाली लगाउने गरिएको छ ।

वर्षाका कारण केही क्षेत्रमा धानबाली डुबानमा परे पनि रोपाइँको समयमा उपयुक्त वर्षा भएको र समयमै रोपाइँ सकिएकाले सप्तरी र सिरहामा धान उत्पादन बढ्ने अनुमान गरिएको छ ।

यस वर्ष सप्तरीमा सरदर प्रतिहेक्टर तीन मेट्रिक टन र सिरहामा सरदर दुई दशमलव आठ मेट्रिक टन धान उत्पादन हुने अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाको अनुमान छ ।

अघिल्लो वर्ष सप्तरी र सिरहामा लगभग प्रतिहेक्टर दुई दशमलव ५५ मेट्रिक टनको अनुपातमा धान उत्पादन भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ३३ बजे

आठ वर्षपछि निर्देशनमा फर्किँदै रेखा; फिल्ममा दुई मिस नेपाल र नीति

काठमाडौं – नायिका रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किने भएकी

नेमकिपाको घोषणा पत्र : ठूला भ्रष्टाचारीलाई ज्यान सजायको कानुनी व्यवस्थाका लागि संघर्ष गर्ने

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि

काठमाडौंका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौं– काठमाडौंका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८

कुलमानको घोषणापत्रमा स्वास्थ्य : मनोसामाजिक परामर्शदेखि हाडजोर्नी सेवा बिस्तारसम्म 

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनका लागि

रविको ‘नागरिक करार’ : ‘गफ होइन काम, भाषण होइन परिणाम’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले आइतबार फेसबुकमार्फत्