काठमाडौंको टोखाबाट अपहरणमा परेको ३ घण्टापछि उद्धार, सात जना पक्राउ « Khabarhub

काठमाडौंको टोखाबाट अपहरणमा परेको ३ घण्टापछि उद्धार, सात जना पक्राउ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको टोखाबाट शुक्रबार बिहान अपहरणमा परेका व्यक्तिको प्रहरीले ३ घण्टापछि सकुशल उद्धार गरेको छ।

महानगरीय अपराध महाशाखाका अनुसार, टोखाको कोठाबाट रामबाबु साहलाई चार/पाँच जनाको समूहले अपहरण गरेर लगेको सूचना लगत्तै खटिएको प्रहरी टोलीले उनको सकुशल उद्धार गरेको हो ।

महाशाखाका एसपी होविन्द्र बोगटीका अनुसार आफ्ना बाबु अपहरणमा परेको र २५ लाख माग राख्दै अपहरणकारीले साहका छोरालाई फोन गरेका थिए।

लगत्तै उनले बिहान साढे १० बजे प्रहरी कन्ट्रोलमा आफ्ना बुबालाई अपहरण गरेको भन्ने खबर गरे। त्यसपछि महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ३ घण्टापछि साहलाई सकुशल उद्धार गर्न सफल भएको हो ।

प्रहरीले लोकन्थलीको एक कोठाबाट शुक्रबार दिउँसो साढे १ बजेतिर सात जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले साहलाई सोही कोठामा बन्धक बनाएर राखेका थिए।

‘प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच जग्गा कारोबारको विषयमा साहले २५ लाख लिएको भन्ने बुझिएको छ’, महाशाखाका एसपी होविन्द्र बोगटीले भने, ‘त्यही रकम चाहिएको भन्दै अपहरण गरेको देखिन्छ।’

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ५६ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा