फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङको सुविधा « Khabarhub

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङको सुविधा


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ ।

मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो ।

त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ ।

अहिले फेसबुक एप प्रयोगकर्ताहरुले सामुहिक कुराकानी (ग्रुप च्याट)मा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ ।

कम्पनीले चाडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्नसक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ ।

यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोवाईल वा ट्यावलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नु पर्नेछ ।

स्क्रिन शेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘शेयर योर स्क्रिन’, ‘स्टार्ट शेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  २ : ४५ बजे

विश्वकपका निम्ति उरुग्वेको टोली घोषणा

काठमाडौं । फिफा विश्वकपका लागि उरुग्वेको टोली घोषणा भएको छ

विपक्षीको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचनबारे राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक,

संसद्‌मा घम्साघम्सीबीच प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन पारित

काठमाडौँ । आइतबार राति प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र विपक्षबीचको धकेलाधकेलबीच

आईपीएल फाइनल : आरसीबीलाई गुजरातको मध्यम लक्ष्य

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा साविक विजेता रोयल

रास्वपाको प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणामुखी संवादको अपेक्षा छ : भाजपा

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी