वाग्मती प्रदेशद्वारा तीन स्थानीय तहमा अस्पताल निर्माण « Khabarhub

वाग्मती प्रदेशद्वारा तीन स्थानीय तहमा अस्पताल निर्माण


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयमार्फत काभ्रेपलाञ्चोकका तीन स्थानीय तहमा अस्पताल निर्माण भइरहेको छ ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकामा अस्पताल निर्माण थालिएको हो ।

तीन स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको प्रदेशसभा सदस्य रत्न ढकालले बताए । उनका अनुसार चौँरीदेउराली गाउँपालिका–५ भालुचौरमा निर्माण भइरहेको अस्पताल रु सात करोडको लागत निर्माण सम्पन्न हुनेछ । “भुकम्पप्रतिरोधी १५ श्यया क्षमताको अस्पताल निर्माण भइरहेको छ”, ढकालले भने ।

अस्पताल निर्माणपछि स्थानीयवासीलाई स्वास्थ्य सुविधाका लागि सदरमुकाम धाइरहनुपर्ने बाध्यता हुट्ने गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताए । सुनकोशीपारीस्थित उक्त गाउँपालिकाको जनसङ्ख्या २० हजार ८२९ रहेको छ ।

यसैगरी, वाग्मती प्रदेशको क्रमागत बजेटबाट मण्डन देउपुर नगर र खानीखोलामा पनि १५ श्यया क्षमताकै अस्पताल निर्माण भइरहेको छ । खानीखोलामा करिब रु सात करोड तथा मण्डनदेउपुरमा रु १२ करोड ४५ लाख लाग्ने अनुमान गरिएको छ ।

अस्पताल सञ्चालनको प्रारम्भिक चरणमा एक चिकित्सकको नेतृत्वमा नर्सिङ सेवा, प्यारामेडिक तथा प्रयोगशालासमेतको सुविधा प्रदान गरिनेछ । मण्डनदेउपुर नगरपालिका–७ स्थित अस्पतालबाट छिमेकी सिन्धुपाल्चोकको केही स्थानीय तहका बासिन्दालाई समेत सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

वाग्मती प्रदेश सरकारमार्फत काठमाडौं उपत्यकाबाहेक १० जिल्लाका सबै स्थानीय तहमा पाँचखेखि १५ श्ययाका अस्पताल निर्माण गर्ने योजना बनाइए पनि चालू वर्षदेखि केन्द्रीय सरकारमार्फत निर्माण हुने नीति बनाइएको सांसद गङ्गाबहादुर तामाङले बताए । उनका अनुसार नयाँ नीतिअन्तर्गत हाल काभ्रेपलाञ्चोकका रोशी गाउँपालिका र महाभारत गाउँपालिकामा अस्पताल निर्माण थालिनेछ ।

सरकारले ‘सुखी नेपाली–समृद्ध नेपाल’ अभियानअन्तर्गत एक स्थानीय तह एक सुविधासम्पन्न अस्पताल निर्माण थालेको हो ।

सरकारले आव २०७७/७८ का लागि प्रस्तुत बजेटमा सबै स्थानीय तहमा स्थापना हुने अस्पताल निर्माका लागि रु १४ अर्ब विनियोजन गरेको छ । रासस

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ५ : ४४ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र