बनारसमा एकजनाको जबर्जस्ती कपाल मुण्डन गरेको आरोपमा थप तीन पक्राउ « Khabarhub

बनारसमा एकजनाको जबर्जस्ती कपाल मुण्डन गरेको आरोपमा थप तीन पक्राउ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको बनारसमा एक नेपाली युवकको जबर्जस्ती कपाल मुण्डन गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेको छ।

गएको २९ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्या भारतमा नभई नेपालको ठोरीमा भएको अभिव्यक्ति दिएपछि त्यसको विरोध गर्दै बनारसमा हिन्दूवादी संगठनले नेपाली भनिएका एक युवकको कपाल मुण्डन गरी टाउकोमा ‘जय श्रीराम’ लेखेका थिए ।

कपाल मुण्डन र नाराबाजीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि भारतीय प्रहरीले घटनामा संलग्नविरुद्ध कारबाही थालेको हो ।

बनारस प्रहरीले त्यहाँको भेलुपुर थानामा पाँच जना विरुद्ध एफआईआर दर्ता गरेको थियो । तीमध्ये सन्तोष पाण्डे, आशिष मिश्रा, राजु यादव र अमित दुबेलाई पक्राउ गरिएको बनारस प्रहरीका एसएसपी अमित पाठकलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ।

भिडिओ खिच्ने पाण्डेलाई शुक्रबार अपराह्न पक्राउ गरिएको थियो। प्रहरीका अनुसार पाण्डेले नै भिडियो खिचेको र उनको मोबाइलबाट भिडियो समेत बरामद भएको जानकारी दिएको छ ।

घटनाका मुख्य आरोपित अरुण पाठक भने फरार छन् । घटनालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले संलग्नविरुद्ध कडा कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : २१ बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या