बनारसमा एकजनाको जबर्जस्ती कपाल मुण्डन गरेको आरोपमा थप तीन पक्राउ « Khabarhub

बनारसमा एकजनाको जबर्जस्ती कपाल मुण्डन गरेको आरोपमा थप तीन पक्राउ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको बनारसमा एक नेपाली युवकको जबर्जस्ती कपाल मुण्डन गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेको छ।

गएको २९ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्या भारतमा नभई नेपालको ठोरीमा भएको अभिव्यक्ति दिएपछि त्यसको विरोध गर्दै बनारसमा हिन्दूवादी संगठनले नेपाली भनिएका एक युवकको कपाल मुण्डन गरी टाउकोमा ‘जय श्रीराम’ लेखेका थिए ।

कपाल मुण्डन र नाराबाजीसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि भारतीय प्रहरीले घटनामा संलग्नविरुद्ध कारबाही थालेको हो ।

बनारस प्रहरीले त्यहाँको भेलुपुर थानामा पाँच जना विरुद्ध एफआईआर दर्ता गरेको थियो । तीमध्ये सन्तोष पाण्डे, आशिष मिश्रा, राजु यादव र अमित दुबेलाई पक्राउ गरिएको बनारस प्रहरीका एसएसपी अमित पाठकलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ।

भिडिओ खिच्ने पाण्डेलाई शुक्रबार अपराह्न पक्राउ गरिएको थियो। प्रहरीका अनुसार पाण्डेले नै भिडियो खिचेको र उनको मोबाइलबाट भिडियो समेत बरामद भएको जानकारी दिएको छ ।

घटनाका मुख्य आरोपित अरुण पाठक भने फरार छन् । घटनालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले संलग्नविरुद्ध कडा कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै