बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको पुष्टि, ६ जना पक्राउ « Khabarhub

बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको पुष्टि, ६ जना पक्राउ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ ।

भारतीय प्रहरीका अनुसार छिमेकी मुलुक नेपाल र नेपालीमाथि आपत्तिजनक टिप्पणी गर्नेविरुद्धको कारबाही जारी रहेको छ ।

हालसम्म ६ जनालाई पक्राउ गरिएको छ । भिडियोमा देखिएका कपाल मुण्डन गरिएका व्यक्ति भारतीय नागरिक नै भएको वाराणसी प्रहरीले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ- ‘भिडियोमा देखिएका व्यक्ति भारतीय नागरिक हुन्, उनको वाराणसीमा जन्म भएको र उनको परिवार सरकारी सेवामा कार्यरत रहेका छन् ।’

यसअघि घटनामा संलग्न भएको आरोपमा सन्तोष पाण्डे नाम गरेका व्यक्तिलाई प्रहरीले शुक्रबार अपराह्न पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले नै भिडियो बनाएका थिए । उनको मोबाइलबाड सो भिडियो समेत बरामद भएको प्रहरीले जानकारी दिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ४३ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको