कोरोना संक्रमित बढेपछि खेलकुदका सम्पूर्ण गतिविधि बन्द « Khabarhub

कोरोना संक्रमित बढेपछि खेलकुदका सम्पूर्ण गतिविधि बन्द


२ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि खेलकुदका गतिविधि बन्द गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोनाको जोखिमलाई मध्यनजगर गर्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको जनाएको हो ।

राखेपले सोमबार सूचना जारी गर्दै राखेपबाट सम्पादन गरिने अति जरुरी कामबाहेक अरु बन्द गर्ने निर्णय गरेको जनाएको हो ।
राखेपको सूचनामा भनिएको छ, ‘हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) काठमाडौं उपत्यका लगायत नेपालका विभिन्न स्थानहरुमा व्यापक रुपमा फैलिन गई जनस्वास्थ्यमा ठूलो समस्याका रुपमा देखा परेको हुँदा राष्ट्रिय खेलकुद परिषदबाट सम्पादन गरिने अति जरुरी कामबाहेक हाललाई अर्को सूचना जारी नभएसम्मका लागि खेलकुद प्रतियोगिता, खेल प्रशिक्षण लगायत खेलकुद सम्बन्धी सम्पूर्ण गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

राखेपले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि अनुरोध गरेको छ ।

राखेपद्वारा जारी सूचना

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ७ : ०३ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको