कोरोना संक्रमित बढेपछि खेलकुदका सम्पूर्ण गतिविधि बन्द | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि खेलकुदका सम्पूर्ण गतिविधि बन्द


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि खेलकुदका गतिविधि बन्द गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोनाको जोखिमलाई मध्यनजगर गर्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको जनाएको हो ।

राखेपले सोमबार सूचना जारी गर्दै राखेपबाट सम्पादन गरिने अति जरुरी कामबाहेक अरु बन्द गर्ने निर्णय गरेको जनाएको हो ।
राखेपको सूचनामा भनिएको छ, ‘हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) काठमाडौं उपत्यका लगायत नेपालका विभिन्न स्थानहरुमा व्यापक रुपमा फैलिन गई जनस्वास्थ्यमा ठूलो समस्याका रुपमा देखा परेको हुँदा राष्ट्रिय खेलकुद परिषदबाट सम्पादन गरिने अति जरुरी कामबाहेक हाललाई अर्को सूचना जारी नभएसम्मका लागि खेलकुद प्रतियोगिता, खेल प्रशिक्षण लगायत खेलकुद सम्बन्धी सम्पूर्ण गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

राखेपले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि अनुरोध गरेको छ ।

राखेपद्वारा जारी सूचना

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : ०३ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड