कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक, वैज्ञानिक उत्साहित « Khabarhub

कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक, वैज्ञानिक उत्साहित


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसविरूद्धको चिनयाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक पुगेपछि वैज्ञानिकहरू उत्साहित भएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि आशाजनक र प्रभावकारी देखिएपछि त्यसको विकासमा संलग्न वैज्ञानिकहरू उत्साहित भएका हुन् ।

दोरो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभावकारी देखिएको र प्रतिरोधी क्षमता विकास गरेको चिनियाँ वैज्ञानिकहरूले दावी गरेका छन् ।

उक्त खोपको दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ अमेरिकी मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशन गरिएको छ ।

उक्त खोपको चिनियाँ नेसनल बायोटेक ग्रुपको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सअन्तर्गत सिनोफार्मले विकास गर्दैछ ।

ट्रायलमा १८ देखि ५९ वर्ष उमेर समूहका ३२० जना स्वस्थ्य स्वयंसेवीलाई सहभागी गराइएको थियो । जसमध्ये ९६ जनाले पहिलो चरणमा तथा २२४ जना दोस्रो चरणको ट्रायलमा भाग लिएका थिए ।

जर्नलमा प्रकाशित विवरण अनुसार खोप लगाइएको भागमा दुखाइ भएर केही समय ज्वरो आए पनि  स्वतः निको भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : २० बजे

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा