कोरोना संक्रमणबाट नवलपरासी कांग्रेसका उपसभापति गिरीको निधन « Khabarhub

कोरोना संक्रमणबाट नवलपरासी कांग्रेसका उपसभापति गिरीको निधन


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको मंगलबार बिहान निधन भएको छ ।

उपचारको क्रममा ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

निमोनियासमेत देखिएका उनको कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० गते पाटन अस्पताल पुर्‍याइएका उनको अवस्था गम्भीर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

मेडिकल कलेज भैरहवामा पित्त थैलीको अपरेशन गराएर अस्पतालमै बसेका उनको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । आफूलाई कोरोना पोजेटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेण्टाइनमा बस्न आग्रहगर्दै अस्पताल शैयाबाट गिरीले फेसबुकमा स्ट्याटस लेखेर सबैलाई सजग गराएका थिए ।

बुटवलबाट पाटन अस्पतालमा लैजानका लागि परिवारजनले २ दिनसम्म हेलिकप्टर र एम्बुलेन्स खोजेपनि नपाएपछि गिरी परिवारले आफ्नै जिल्ला पश्चिम नवलपरासीमा सञ्चालन हुने एम्बुलेन्स बोलाएर पाटन अस्पताल पुर्‍याएका थिए ।

तत्कालीन फोरम लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा समाहित भएपछि गिरी कांग्रेसको जिल्ला उपसभापति बनेका थिए ।

यसैबीच परासीकै अन्य पार्टीका दुई जना नेताहरुमा कोरोनाको लक्षण देखिएपछि उनीहरुको बुटवल र काठमाण्डौंमा उपचार भइरहेको छ । पश्चिम नवलपरासीमा समुदाय स्तरमा गरिएको परीक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

हालसम्म जिल्लामा १ सय ४० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १० : ४३ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी