ललितपुर, बाँके, कास्की र काभ्रेमा ५ कोरोना संक्रमितको मृत्यु « Khabarhub

ललितपुर, बाँके, कास्की र काभ्रेमा ५ कोरोना संक्रमितको मृत्यु


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको संक्रमणले ललितपुर, बाँके, कास्की र काभ्रेमा थप ५ जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।  ती पुरुषको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

गत साउन ३० गते पाटन अस्पतालको भेन्टिलेटरमा उपचारत रहेका उनको आज बिहान मृत्यु भएको हो ।

बाँकेमा पनि कोरोना संक्रमणबाट गएराति थप एक जनाको मृत्यु भएको छ । निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनलाई साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा उनको सोमबार दिउँसो पोजेटिभ रिपोर्ट आएको थियो ।

कास्कीको पोखरामा तनहुँकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पनि पोखरास्थित कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साउन ३२ गते उपचारका लागि अस्पताल भर्ना गरिएको उनको गएराति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

सुगर, प्रेसर, लगायतको समस्या देखिएको उनमा निमोनियाको पनि समस्या देखिएको थियो । स्वाब परीक्षण रिपोर्टमा ती महिलामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यस्तै पोखरा महानगरपालिका–१६ का ८७ वर्षका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

ती पुरुषको पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार ती पुरुष साउन ३२ गते श्वासप्रश्वास, तथा उच्च ज्वरोको समस्या लिएर अस्पताल भर्ना भएका थिए । उनको भदौं १ गते कोरोना पुष्टि भएकाले प्रतिष्ठानले कोभिड उपचार केन्द्रको आइसीयुमा राखेर उपचार शुरु गरेको थियो ।

ती पुरुषको आज भदौं २ गते बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काभ्रेमा पनि कोरोना संक्रमणबाट गएराति ९८ वर्षीय वृद्धको मृत्यु भएको छ । साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १० : ५२ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज