ललितपुर, बाँके, कास्की र काभ्रेमा ५ कोरोना संक्रमितको मृत्यु « Khabarhub

ललितपुर, बाँके, कास्की र काभ्रेमा ५ कोरोना संक्रमितको मृत्यु


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको संक्रमणले ललितपुर, बाँके, कास्की र काभ्रेमा थप ५ जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।  ती पुरुषको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

गत साउन ३० गते पाटन अस्पतालको भेन्टिलेटरमा उपचारत रहेका उनको आज बिहान मृत्यु भएको हो ।

बाँकेमा पनि कोरोना संक्रमणबाट गएराति थप एक जनाको मृत्यु भएको छ । निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनलाई साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा उनको सोमबार दिउँसो पोजेटिभ रिपोर्ट आएको थियो ।

कास्कीको पोखरामा तनहुँकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पनि पोखरास्थित कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साउन ३२ गते उपचारका लागि अस्पताल भर्ना गरिएको उनको गएराति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

सुगर, प्रेसर, लगायतको समस्या देखिएको उनमा निमोनियाको पनि समस्या देखिएको थियो । स्वाब परीक्षण रिपोर्टमा ती महिलामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यस्तै पोखरा महानगरपालिका–१६ का ८७ वर्षका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

ती पुरुषको पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार ती पुरुष साउन ३२ गते श्वासप्रश्वास, तथा उच्च ज्वरोको समस्या लिएर अस्पताल भर्ना भएका थिए । उनको भदौं १ गते कोरोना पुष्टि भएकाले प्रतिष्ठानले कोभिड उपचार केन्द्रको आइसीयुमा राखेर उपचार शुरु गरेको थियो ।

ती पुरुषको आज भदौं २ गते बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काभ्रेमा पनि कोरोना संक्रमणबाट गएराति ९८ वर्षीय वृद्धको मृत्यु भएको छ । साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १० : ५२ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी