फेसबुक लाइभमा सोनिकाको आक्रोश, कारण के ? « Khabarhub

फेसबुक लाइभमा सोनिकाको आक्रोश, कारण के ?


२ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा भिजे सोनिका रोकाया पटक–पटक विवादमा आउने गर्छिन् । कहिले अन्तर्वार्ताका कारण त कहिले पूर्वयुवराज पारससँगको निकटताका कारण उनी चर्चामा आइन् ।

सोनिकाले हालै सामाजिक सञ्जालमा लाइभ आएर अश्लील शब्द प्रयोग गर्दै आफ्नो आवेग प्रस्तुत गरेकी छिन् ।

उनले लाइभमा आएर नेपाली र अङ्ग्रेजी भाषामा अश्लील शब्द प्रयोग गर्दै राम गौतम नामक व्यक्तिलाई धम्क्याएकी छिन् ।

उनले ती व्यक्तिलाई गाली गर्नुको कारण नखुलाए पनि तथानाम गाली गर्दै आफू ‘साइको’ भएको बताएकी छिन् । उनले राम गौतमलाई गोली हान्ने धम्की पनि दिएकी छिन् ।

केही समययता सोनिका आफ्नो छवि सुधार्ने कोशिशमा थिइन् । यसअघि पनि उनी छाडा अभिव्यक्तिका कारण विवादमा आइरहन्थिन् ।

केही समय पूर्वयुवराज पारस शाहसँग नजिक रहेकी सोनिका पछिल्लो समय भने उनीसँग छुट्टिएको चर्चा चल्ने गर्छ ।

बुझिएअनुसार‌, सोनिका र राम गौतमबीच सामान्य आर्थिक विवाद रहेको बताइएको छ । सोनिकाले आफ्ना भिडियो राम गौतमलाई सम्पादन गर्ने जिम्मा दिएकी थिइन् । तर, उनले भिडियो सम्पादन गरेवापत कम रकम दिँदै आएकी थिइन् ।

गौतम र सोनिकामा यही विषयमा कुरा नमिलेको र गौतमले आफ्ना छोराले सम्पादन गरेको र उसले अब काम गरिदिन नसक्ने भन्दै जवाफ फर्काएका थिए ।

लकडाउनका बेला सोनिकाले पैसा नपठाएको पनि ती व्यक्तिले बताएका छन् । तर, यसबारेमा स्पष्ट धारणा भने दुवै पक्षबाट बाहिर आएको छैन ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ११ : १० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया