‘सयौं जुनी’ सम्म भन्दै पूजा र आकाश « Khabarhub

‘सयौं जुनी’ सम्म भन्दै पूजा र आकाश


२ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्दामा रुचाइएको आकाश श्रेष्ठ र पूजा शर्माले अभिनय गरेको एक म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

‘सयौं जुनी’ बोलको गीत सोमवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा सयौं जुनी एकअर्काको हुने भाव दर्शाइएको छ ।

गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर रहेको छ भने पुनम मोथेले शब्द सिर्जना गरेकी हुन् । यस्तै गीतमा सरोज पोखरेलको संगीत सिर्जना र उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।

भिडियोमा पूजा शर्मा र आकाश श्रेष्ठलाई प्रेमिल जोडीका रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने विकास धमलाले सम्पादन गरेका हुन् । साथै निर्देशन निकेश खड्काले गरेका हुन् ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ११ : ४९ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको