नेपालमा एकै दिन १,०१६ संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

नेपालमा एकै दिन १,०१६ संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुग्यो


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ भने १३ हजार ९२६ जना क्वारेन्टाइनमा रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार झापाका २१ जना, खोटाङका एकजना, मोरङका १०८ जना, ओखलढुंगाका एकजना, पाँचथरका एकजना, सुनसरीका ८ जना, उदयपुरका २ जना,संखुवासभाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ भित्रका जिल्लाहरु बारामा ४२ जना, धनुषाका ६४ जना, महोत्तरीका २४ जना, पर्सामा १२८ जना, रौतहटका ३७ जना, सप्तरीका ३ जना,सर्लाहीका १०७ जना, सिराहाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा भक्तपुरका १७ जना, चितवनका ४९ जना, धादिङका २ जना, दोलखाका २ जना, काठमाडौंका १३८ जना, काभ्रेका २१ जना, ललितपुरका ५० जना, मकवानपुरका ३० जना, सिन्धुलीका एकजना, सिन्धुपाल्चोकका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार गण्डकी प्रदेशका जिल्लाहरुमा बाग्लुङका ३ जना, गोरखाका २ जना, कास्कीका १६ जना, लमजुङका एकजना, नवलपरासी पूर्वका ४ जना, स्याङ्जाका एकजना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरु बाँकेका ६ जना, बर्दियाका ९ जना, दाङका एकजना, कपिलवस्तुका १९ जना, नलवपरासी पश्चिमका एकजना, रोल्पाका एकजना र रुपन्देहीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका ५ जना, रुकुमपश्चिमका एकजना, सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदुरपश्चिमका जिल्लाहरुमा दार्चुलाका २ जना, डोटीका ४६ जना, कैलालीका एकजना र कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८५ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ५८० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ४९५ थियो ।

मन्त्रालयका अनुसार मंगलबार थप ७ जनाको कोरोनाले मृत्यु पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

मन्त्रालयका अनुसार आज काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक-एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको छ ।

हालसम्म कुन प्रदेशमा कति जनाले ज्यान गुमाए ?

प्रदेश नं. १ – ११ पुरुष,१ महिला

प्रदेश नं. २ – ३६ पुरुष, ११ महिला

बाग्मती प्रदेश- १३ पुरुष, ६ महिला

गण्डकी प्रदेश- ७ पुरुष , १ महिला

प्रदेश नं. ५ – ११ पुरुष, ३ महिला

कर्णाली प्रदेश – ४ पुरुष

सुदूरपश्चिम प्रदेश- ५ पुरुष र ३ महिला

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ४ : ५० बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक