सक्रिय संक्रमितमध्ये ११८ जना आइसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

सक्रिय संक्रमितमध्ये ११८ जना आइसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार हुँदै


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा मंलबार देशभर रहेका १० हजार ५६३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार काठमाडौं उपत्यकाका २०५ जना सहित १ हजार १६ जना संक्रमित थपिएका छन् ।

देशभर रहेका संक्रिय संक्रमित मध्ये २ हजार ८८७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्तत्रालयको तथ्यांकले देखाएको छ ।

यस्तै ६ हजार ७५२ जना संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका संक्रमितमध्ये  १२६ जनाको अवस्था स्वास्थ्य अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ अवस्था गम्भीर रहेका संक्रमित मध्ये ११८ जना आइसीयु र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नम्बर १ मा ४ जना आइसीयुमा छन् । यस्तै प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १० जना आइसीयुमा रहेका छन् ।

यस्तै बागमती प्रदेशमा ८ जना संक्रमितहरु भेन्टिलेटरमा रहेका छन्।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : १० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज