मन्त्रिपरिषदबाट तीन सहसचिव राजदूतमा सिफारिस « Khabarhub

मन्त्रिपरिषदबाट तीन सहसचिव राजदूतमा सिफारिस


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको हो।

सिफारिस हुनेहरूमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का रहेका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिए।

उनका अनुसार खड्कालाई जर्मनी, अधिकारीलाई पाकिस्तान र राजभण्डारीलाई बेल्जियमको राजदूतमा सिफारिस गरिएको हो। अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरू राजदूत नियुक्त हुनेछन्।

अहिले दक्षिण अफ्रिका, दक्षिण कोरिया र श्रीलंकालगायत देशमा राजदुत रिक्त छन्।

 

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : २७ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको