बाढीपहिरोमा परेका मृतकका परिवारलाई दुई लाखका दरले राहत दिने सरकारको निर्णय « Khabarhub

बाढीपहिरोमा परेका मृतकका परिवारलाई दुई लाखका दरले राहत दिने सरकारको निर्णय


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवारलाई एक जनाको मृत्यु भएको भए दुई लाख र एकै परिवारमा एकभन्दा बढीको मृत्यु भए प्रतिव्यक्ति थप एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय मंगलबार सार्वजनिक गर्दै बाढीपहिरोमा परेका घाइतेको नि:शुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई राहत दिने निर्णय भएको जानकारी दिए।

बाढीपहिरोले घरबारविहीन भएकालाई तत्काल जुगाराका लागि पाँच जनासम्मको परिवार छ भने प्रतिपरिवार १५ हजार र पाँचभन्दा बढी सदस्य रहेका परिवार छन् भने प्रतिपरिवार २० हजार नगद सहयोग दिने निर्णय भएको खतिवडाले जानकारी दिए।

बाढीपहिरोले घरमा क्षति पुर्‍याएकाहरूलाई नयाँ घर बनाउने भए एक लाखका दरले सहयोग दिने उनले बताए।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ६ : ०३ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको