प्रधानमन्त्रीबाट राष्ट्रकविप्रति श्रद्धाञ्जलि | Khabarhub Khabarhub

प्रधानमन्त्रीबाट राष्ट्रकविप्रति श्रद्धाञ्जलि


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद निधनमा श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

‘उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘साहित्यमार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।’

शोकको यस क्षणमा आफूले कवि घिमिरेप्रति उच्चसम्मान र श्रद्धाञ्जलि व्यक्त गरेको प्रधानमन्त्रीले जनाएका छन्।

‘साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ९ : १० बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा