राष्ट्रकवि घिमिरेकाे निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त « Khabarhub

राष्ट्रकवि घिमिरेकाे निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

उनले ट्वीटरमा उल्लेख गरेकी छन्- “राष्ट्रकवि माधवप्रसाद घिमिरेको दु:खद् निधनको खबरले स्तब्ध भएको छु। काव्य र कविताको माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्‍याउँनु भएको योगदानलाई हामी सधैँ सम्झिरहने छौं। दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना !”

यस्तै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, साहित्यकार, कलाकर्मीहरूले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्- “उहाँले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने छ। उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाइ लिएको छ।”

राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रकवि घिमिरेको निधनसँगै नेपाली वाङ्मयको एउटा युग समाप्त भएको बताएका छन्।

पर्यटनमन्त्री योगेश भट्टराई, नेकपा नेता गोकुल बाँस्कोटा, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस नेता गगन थापा लगायतले राष्ट्रपति घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलीसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : १७ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी