सिरियाली राष्ट्रपति असदले भने- ट्रम्प इतिहासकै सर्वोत्कृष्ट राष्ट्रपति « Khabarhub

सिरियाली राष्ट्रपति असदले भने- ट्रम्प इतिहासकै सर्वोत्कृष्ट राष्ट्रपति


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिरियाली राष्ट्रपति बसर अल असदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै सर्वोत्कृष्ट राष्टपति रहेको बताएका छन् । उनले एक अन्तर्वार्तामा ट्रम्प हालसम्मकै सबैभन्दा राम्रो अमेरिकी राष्ट्रपति भएको बताएका हुन् ।

राष्ट्रपति ट्रम्प अरबको तेल हत्याउने अमेरिकी मनसायलाई लिएर इमानदार रहेकाले उनी वास्तवमै अमेरिकाको इतिहासकै सबैभन्दा राम्रो राष्ट्रपति भएको असदको भनाइलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। तर, अमेरिकी बलले आईएसआईएसका नेता अल बगदादीलाई मारेको ट्रम्पको घोषणामा आफूलाई आशंका रहेको असदले बताएका छन्।

यस विषयमा उनी रूसी धारणाको पक्षमा देखिएका छन्। रूसले पनि उक्त घोषणालाई लिएर थप प्रमाण देखाउनुपर्ने माग गरेको थियो। सिरियाबाट अमेरिकी फौज हटाउने ट्रम्पको निर्णयले टर्कीलाई त्यहाँका कुर्दिसविरुद्ध सैन्य कारबाही थाल्न मार्ग प्रशस्त गरेकोमा त्यसलाई आफ्नै कुर्दिस गठबन्धनलाई अमेरिकाले दिएको धोकाका रूपमा लिइएको छ।

यस मुद्दामा असदले सिरियामा टर्किस बल वा इदलिबमा लडाकूविरुद्ध कुनै पनि सैन्य कारबाही गर्नुअघि कूटनीतिक पहल हुनु आवश्यक भएको उल्लेख गरेका छन्।

सिरियामा गृहयुद्धका क्रममा आईएसआईएसको उदयसँगै त्यस क्षेत्रको ठूलो हिस्सामा उक्त इस्लामिक कट्टरपन्थी समूहले कब्जा गरेको थियो । उक्त घटनाले सिरिया तथा इराकको भौगोलिक तथा राजनीतिक शक्ति सन्तुलनलाई तहसनहस पारेको थियो।

उक्त समूहको सम्भावित वर्चस्व समाप्त पार्न रूस र सिरियाका राष्ट्रपति असदको साथमा आएका थिए। यसले मध्यपूर्व खाडी क्षेत्रमा सिरियाको रूस र इरानसँग एक प्रकारको गठबन्धन बनेको थियो।

मध्यपूर्वमा देखिएको नयाँ समीकरणलाई चुनौती दिन अमेरिका र नेटो गठबन्धनले सिरियाका विद्रोहीलाई समर्थन गरेको थियो।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ५२ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन