सिरियाली राष्ट्रपति असदले भने- ट्रम्प इतिहासकै सर्वोत्कृष्ट राष्ट्रपति « Khabarhub

सिरियाली राष्ट्रपति असदले भने- ट्रम्प इतिहासकै सर्वोत्कृष्ट राष्ट्रपति


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिरियाली राष्ट्रपति बसर अल असदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै सर्वोत्कृष्ट राष्टपति रहेको बताएका छन् । उनले एक अन्तर्वार्तामा ट्रम्प हालसम्मकै सबैभन्दा राम्रो अमेरिकी राष्ट्रपति भएको बताएका हुन् ।

राष्ट्रपति ट्रम्प अरबको तेल हत्याउने अमेरिकी मनसायलाई लिएर इमानदार रहेकाले उनी वास्तवमै अमेरिकाको इतिहासकै सबैभन्दा राम्रो राष्ट्रपति भएको असदको भनाइलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। तर, अमेरिकी बलले आईएसआईएसका नेता अल बगदादीलाई मारेको ट्रम्पको घोषणामा आफूलाई आशंका रहेको असदले बताएका छन्।

यस विषयमा उनी रूसी धारणाको पक्षमा देखिएका छन्। रूसले पनि उक्त घोषणालाई लिएर थप प्रमाण देखाउनुपर्ने माग गरेको थियो। सिरियाबाट अमेरिकी फौज हटाउने ट्रम्पको निर्णयले टर्कीलाई त्यहाँका कुर्दिसविरुद्ध सैन्य कारबाही थाल्न मार्ग प्रशस्त गरेकोमा त्यसलाई आफ्नै कुर्दिस गठबन्धनलाई अमेरिकाले दिएको धोकाका रूपमा लिइएको छ।

यस मुद्दामा असदले सिरियामा टर्किस बल वा इदलिबमा लडाकूविरुद्ध कुनै पनि सैन्य कारबाही गर्नुअघि कूटनीतिक पहल हुनु आवश्यक भएको उल्लेख गरेका छन्।

सिरियामा गृहयुद्धका क्रममा आईएसआईएसको उदयसँगै त्यस क्षेत्रको ठूलो हिस्सामा उक्त इस्लामिक कट्टरपन्थी समूहले कब्जा गरेको थियो । उक्त घटनाले सिरिया तथा इराकको भौगोलिक तथा राजनीतिक शक्ति सन्तुलनलाई तहसनहस पारेको थियो।

उक्त समूहको सम्भावित वर्चस्व समाप्त पार्न रूस र सिरियाका राष्ट्रपति असदको साथमा आएका थिए। यसले मध्यपूर्व खाडी क्षेत्रमा सिरियाको रूस र इरानसँग एक प्रकारको गठबन्धन बनेको थियो।

मध्यपूर्वमा देखिएको नयाँ समीकरणलाई चुनौती दिन अमेरिका र नेटो गठबन्धनले सिरियाका विद्रोहीलाई समर्थन गरेको थियो।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ५२ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी