१८ सय संक्रमितको काठमाडौँका आइसोलेसनमा उपचार हुँदै | Khabarhub Khabarhub

१८ सय संक्रमितको काठमाडौँका आइसोलेसनमा उपचार हुँदै


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाका आइसोलेसनमा उपचार गराउने कोरोना संक्रमितको संख्या १ हजार ८ सयभन्दा बढी छ ।

संक्रमितको संख्या थपिदै गएपछि विभिन्न सरकारी तथा निजी अस्पतालका आइसोलेसन, आइसियु र भेन्टीलेटरमा उपचार गराउनेको संख्या बढदै गएको छ।

लक्षणसहितका संक्रमित थपिएपछि आइसियुमा १ सय ५ र भेन्टिलेटरमा उपचार गराउनेको संख्या २९, आइसोलेसनमा १ हजार ७ सय ६०, उपचार गराउने कुल संक्रमितको संख्या १ हजार ८ सय ९४ पुगेको छ।

आइसियुमा संक्रमित कति वीरेन्द्र अस्पतालको आइसियुमा १५, ह्याम्स अस्पतालमा १२,नर्भिक अन्तर्राष्ट्रिय अस्पताल थापाथलीमा ११, शुक्रराज तथा सरुवा रोग अस्पताल टेकुमा ११, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १०, पाटन स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठानमा ९, वीर अस्पतालमा ९, मेघा अस्पतालमा ६, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ५, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ५, काठमाडौँ मेडिकल कलेज दुवाकोटमा ५, धुलिखेल अस्पतालमा १, नेपाल प्रहरी अस्पतालमा ३, स्टार अस्पताल ३ उपचाररत छन् ।

शुक्रराजको भेन्टीलेटरमा ५, सशस्त्र प्रहरी बलको अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा ३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५, धुलिखेल अस्पतालमा ३, वीर अस्पताल १, स्टार अस्पताल २, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ३, ह्याम्समा ४ जना संक्रमित छन्।

नेपाल प्रहरी अस्पतालमा सबैभन्दा बढी संक्रमित ४ सय ३२ उपचाररत छन्। इचङ्खुनारायण आइसोलेसन सेन्टरमा २ सय २८, कीर्तिपुर आयुर्वेदिक अस्पताल १ सय ८४, शसस्त्र प्रहरी बल अस्पतालमा १ सय ७९, त्रिवि शिक्षण अस्पताल ८३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८७, काठमाडौं मेडिकल कलेज दुवाकोट ६६, धुलिखेल अस्पताल २७, वीरेन्द्र अस्पतालमा ७३ जना स‌क्रिमत उपचाररत छन्।

भक्तपुर कोभिड अस्पताल उपचार केन्द्र १३, खरिपाटी आइसोलेसन केन्द्र ९४,वीर अस्पताल ८६, स्टार अस्पताल १२, स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र काभ्रे २, महेश मनमोहन अस्पताल दहचोक ६१, शिर मेमोरियल अस्पताल बनेपा ६, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल १४, मेघा अस्पताल ४०, ह्याम्स ३० र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा १५ संक्रमित उपचाररत छन्।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : २५ बजे

खानेपानी मन्त्री यादवबाट हज यात्रीहरूको बिदाई

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा हजका लागि

सरकार हिंसात्मक भएपछि इजरायलमा विरोध

इजरायल – गाजामा इजरायली आक्रमण थप हिंसात्मक चरणमा प्रवेश गरेपछि

क्षेत्राधिकार कटौतीमा परेको बृहत्तर बराहक्षेत्र विकास समितिले के काम गर्ला ?

काठमाडौं- सुनसरी, उदयपुर र धनकुटा जिल्ला कार्यक्षेत्र रहेको बृहत्तर बराहक्षेत्र

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

भोजपुर– सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको  मुन्दुम पदमार्गका

वेस्ट इन्डिजविरुद्ध आयरल्यान्डको फराकिलो जित

काठमाडौं – आयरल्यान्डले वेस्ट इन्डिजसँगको एक दिवसीय खेलमा फराकिलो अन्तरको