दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ | Khabarhub Khabarhub

दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिस्टुङ – पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्‍याङ निर्माण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्‍याङसहित पार्क निर्माण गरिएको हो ।

थाहा नगरपालिका—४ का वडाध्यक्ष दिपकसिंह लामाले प्राकृतिक टाकुरासम्म पुग्न निर्मित भर्‍याङ नेपालकै अग्लो फलामे भर्‍याङ भएको दाबी गरे ।

भर्‍याङबाट माथि समुद्री सतहबाट करिब दुई हजार ४०० मिटरको उचाइमा रहेको अग्लो स्थानलाई प्राकृतिक टावरको रुप दिइएको छ ।

अग्लो टाकुरालाई वरपरबाट ढुङ्गा र सिमेन्टको गारोले घेरेर प्राकृतिक टावरको रुप दिइएको निर्माण समितिका अध्यक्ष कान्छा लामाले बताए ।

दामनमा ७० मिटर लामो भर्‍याङसहित प्राकृतिक टावर बनेपछि थाहा नगरपालिकामा अब अर्को दृश्यावलोकन स्तम्भ थपिएको र यो स्तम्भ नेपालकै पर्यटकीय केन्द्र बन्न सक्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको भनाइ छ ।

हाल निर्माण भएको दृश्यावलोकन केन्द्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आधा दर्जन उच्च हिमश्रृङ्खला दृश्यावलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ११ : ३० बजे

राजनीतिक स्थायित्वका लागि आन्दोलनको विकल्प छैन : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको

धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध

दोलखाको नाम्दु सबस्टेशन १५ दिनभित्र सञ्चालनमा आउने

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-६ नाम्दुमा निर्माण भएको ३३-११ केभीको विद्युत

काठमाडौँबाट राडी हिनेको बस दुर्घटना, नौ जना घाइते

त्रिवेणी– काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११

मधेसका मुख्यमन्त्री सिंह अयोध्या प्रस्थान

जनकपुरधाम– यही मङ्सिर २१ यहाँ आयोजना हुने जानकी विवाह महोत्सवका