रियाका भाइ शोविकको सेक्रेट च्याट, सुशान्त केशमा आउनसक्छ नयाँ मोड « Khabarhub

रियाका भाइ शोविकको सेक्रेट च्याट, सुशान्त केशमा आउनसक्छ नयाँ मोड


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी गर्लफ्रेण्ड रिया चक्रवर्तीका भाइ शोविक चक्रवर्ती र ड्रग्स डिलर अनुज केशवानीबीचको एक ह्वाटसएप च्याट बाहिरिएको छ ।

भारतीय न्यूज च्यानल जी न्यूजका अनुसार उक्त च्याटमा अनुज र शोविकले ‘ड्रग्स’ डेलिभरीबारे कुरा गरेका छन् । उक्त च्याटमा ‘ड्रग्स’ को तस्वीर पनि शेयर गरिएको जी न्यूजले लेखेको छ ।

यो च्याट शेयर भएपछि सुशान्तको आत्महत्यासँग जोडिएका कैयन् राज खोलिदिन सक्ने आँकलन गरिएको छ । च्याटमा अनुजले गाँजाको तस्वीर शेयर गरेको बताइएको छ ।

उक्त च्याटमा ‘५० ग्राम माल पठाइएको’ भनिएको छ ।

यो केशमा अन्य बलिउड कलाकारको पनि नाम मुछिन सक्ने र अरुले पनि लागूऔषध (ड्रग्स) को प्रयोग गर्ने गरेको हुनसक्ने बताइएको छ ।

सुशान्तलाई लागुऔषध दिइएकोतर्फ अनुसन्धान मोडिएपछि सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ३४ बजे

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय