ठूलो स्वरले पढ्दा बढ्छ बालबालिकाको स्मरणशक्ति ! « Khabarhub

ठूलो स्वरले पढ्दा बढ्छ बालबालिकाको स्मरणशक्ति !


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक अध्ययनका अनुसार ठूलो स्वरमा पढ्नाले बालबालिकाहरुमा लामो समयसम्म उक्त कुरा सम्झने क्षमता रहने गर्दछ ।

अध्ययनको नतिजाले बोल्ने र सुन्ने दोहोरो कार्यविधि ‘उत्पादन प्रभाव’ को सम्झने शक्तिमा लाभकारी असर पर्ने देखाएको छ । बोल्ने र सुन्ने एकैचोटी गर्नाले शब्द याद गर्न र पछिसम्म पनि सम्झिरहन सकिन्छ । जसले मस्तिष्कमा प्रतिधारण अर्थात् स्मृतिमा बनिरहने सम्भावना बढ्ने गर्दछ ।

क्यानडाको वाटरलू विश्वविद्यालयका प्रोफेसर कोलिन एम. म्याकलियोले अध्ययनमा सक्रिय सहभागीताबाट सिक्ने र स्मृतिको फाइदाको पुष्टि हुने बताएका छन् । उनले भने, जब हामी सक्रिय उपाय वा उत्पादन तत्व कुनै शब्दका साथमा जोड्दछौँ तब त्यो शब्द धेरै विशिष्ट बनेर हाम्रो दिमागमा लामो समयसम्म पनि रहिरहने गर्दछ र त्यो स्मरणीय नै बन्ने गर्दछ ।

मेमोरी नामक पत्रिकामा प्रकाशित यस अध्ययनमा शामिल टीमले लिखित सुचना सिक्ने चार विधिहरुको परीक्षण गरेका थिए । जसमा शान्त भएर पढ्नु, कसैलाई पढेर सुनाउनु, आफूले पढेको रेकर्ड गरेर सुन्नु र ठूलो स्वरले पढ्नु रहेका थिए ।

अध्ययनको नतिजाका आधारमा ठुलो स्वरले पढ्नु प्रभावकारी रहेको बताइएको छ । यो सम्झनका लागि सबैभन्दा उपयुक्त रहेको छ । म्यकलियोडले भने अध्ययनका अनुसार काम गर्ने विचार र क्रियाशीलताले पनि स्मरण शक्ति बढाउने गर्दछ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  २ : ३५ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान