वैष्णवीदेवी मन्दिरमा पाटी र कलात्मक द्धार निर्माण हुने « Khabarhub

वैष्णवीदेवी मन्दिरमा पाटी र कलात्मक द्धार निर्माण हुने


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाको वडा नं ४ नख्खुमा रहेको वैष्णवीदेवी मन्दिर परिसरमा पाटी र कलात्मकद्धारको निर्माण सुरु गरिएको छ ।

उक्त पाटी र कलात्मकद्धारको शिलान्यास ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गरे । परिसरमा चारवटा घाट छन् । उक्त घाटमा ललितपुरका धेरै धेरै थरका नेवारको दाहसंस्कार गरिन्छ । शिलान्यास गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुरु गरेको काम समयमै सक्न र गुणस्तरीयता कायम गर्न अनुरोध गरे ।

ललितपुर महानगरपालिकाका एक तिहाइको अन्त्येष्टि यस मन्दिर भित्रको घाटमा हुने भएकाले यसको संरक्षण अत्यन्तै महत्वपूर्ण भएको महानगरप्रमुखले बताए । उनले यसको विकासका लागि महानगरपालिकाको मात्रै भर पर्न नहुने बताउँदै सहयोगी मन र हातहरुसँग सहयोगका लागि माग्नुपर्ने स्पष्ट पारे ।

निर्माण हुन लागेको पाटीमा शववहानबाट ल्याइएको शवलाई केही समय राखिने ललितपुर महानगरका सहरी विकास योजना महाशाखा प्रमुख श्रीकुमार महर्जनले बताए । अहिले शव राख्ने ठाउँ नहुँदा मुख्यद्धारमै छोडिन्छ ।

मन्दिर र घाट क्षेत्रको संरक्षण र विकासको लागि गुरुयोजना तयार गरेको वैष्णवीदेवी मन्दिर तथा श्मसान क्षेत्र सुधार समितिका अध्यक्ष रत्नलाल महर्जनले बताए । गुरुयोजना अनुसार काम अघि बढाउने उनले बताए ।

उक्त समितिमा उपाध्यक्षद्धय रत्न महर्जन र युवराज शाक्य छन् । कोषाध्यक्ष सानुलाल महर्जन भएको यो समितिका सदस्य भगवान शाही हुन् । मन्दिर र घाटको संरक्षण सहित यस क्षेत्रको संरक्षण सहित सरसफाइ आवश्यक भएको उनले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ५२ बजे

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका