बुन्डेसलिगामा बायर्न म्युनिखको सहज जित | Khabarhub Khabarhub

बुन्डेसलिगामा बायर्न म्युनिखको सहज जित


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले अर्मिनिया बिलेफेल्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले २/२ गोल गरे । अर्मिनियाका रितुस डोनले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । २६औं मिनेटमा लेवान्डोस्कीले टिमको अग्रता २-० को बनाए ।

४५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न ३-० ले अघि रह्यो ।

५१औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४-० को बनाए ।

खेलको ५८औं मिनेटमा रितुसले एक गोल फर्काए पनि घरेलु टिम ४-१ ले पराजित भयो ।

यस्तै खेलको ७६औं मिनेटमा कोर्टिन टोलिसोले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।

अर्मिनियाविरुद्ध सहज जितसँगै बायर्न तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बायर्नले ४ खेलमा ९ अंक जोडेको छ । अर्मिनिया ४ खेलमा ४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ६ : ५० बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना