सुनसरी, बर्दीया र इलामका तीन संक्रमितको मृत्यु « Khabarhub

सुनसरी, बर्दीया र इलामका तीन संक्रमितको मृत्यु


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरी, बर्दीया र इलामका तीन संक्रमितको मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक वृद्ध मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका –९ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान ३:०५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मृतकमा मुटु सम्बन्धी पुरानै समस्या थियो ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बर्दियाका एक कोरोना संक्रमित पुरूषको पनि मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका-६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

असोज १५ गते बिरामी भएपछि कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका ती पुरूषमा  १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थियो ।

इलामकी ८ वर्षीया बालिकाको कोरोना संक्रमणले मृत्यु भएको छ ।

मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो ।

४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएकोमा उनको बाटोमै मृत्यु भएको हो ।

थप उपचारका लागि काठमाडौँ लैजाने बताएपछि बालिकालाई डिस्चार्ज दिइएको विराट मेडिकल कलेज आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए । तर, आफन्तले घर लिएर गएका थिए ।

राति घर लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट धनराज यादवले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ४८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको