आईपीएलमा आज दुई खेल, पहिलो खेलमा हैदराबाद र कोलकाता भिड्दै « Khabarhub

आईपीएलमा आज दुई खेल, पहिलो खेलमा हैदराबाद र कोलकाता भिड्दै


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा कोलकाता र हैदराबाद नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । कोलकाता र हैदराबादबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकाता पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जितसहित ८ अंक जोडेको कोलकाता चौंथो स्थानमा रहेको छ ।

इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकाता हैदराबादलाई हराएर शीर्ष टोलिसँगको अंक दूरी घटाउन चाहन्छ ।

तर, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादविरुद्ध जित निकाल्न कोलकातालाई कठिन भने हुनेछ ।

हैदराबाद पनि चौंथो जितको खोजीमा रहेको छ । हैदराबादले ८ खेलमा ६ अंक जोडेको छ र पाँचौ स्थानमा रहेको छ ।

आजै हुने दोस्रो खेलमा किंग्स इलेभेन पञ्जाव र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बेलुकी पौने ८ बजे हुने खेलमा मुम्बई जित हात पार्दै शीर्ष स्थानमा पुग्न चाहन्छ भने पञ्जाव जित हात पार्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । पञ्जाब अन्तिमा छ भने मुम्बई दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १ : १९ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा