कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो  | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो 


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या  पाँच हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १०३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ७०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दुई, दैलेख अस्पतालमा २३ र चौरजहारी पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँंडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमण हुनेमा सुर्खेतका ६३, दैलेखका २३, सल्यान र रुकुमपश्चिमका सातसात, जुम्ला तथा जाजरकोट र कालीकोटका एकएक जना रहेको छन ।

“आज १०३ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमितहरुको कुल सङ्ख्या पाँच हजार १३८ पुगेको छ”, उनले भने, “पछिल्लो २४ घण्टामा १३४ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।”

उनका अनुसार आज १३४ जनाले कोरोना जितेसँगै अब कर्णालीमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ८६२ पुगेको छ ।

कर्णालीका विभिन्न आइसोलेशनमा एक हजार १३२ सङ्क्रमित रहेको उनले बताए । कर्णालीमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ०१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर