मोरङमा कात्तिक १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा « Khabarhub

मोरङमा कात्तिक १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरस (कोभिड१९ )को संक्रमणलाई मध्यनजर गरी दसैंलाई लक्षित गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

मोरङका जिल्ला प्रमुख कोशहरि निरौलाले एक सूचना जारी गर्दै कात्तिक ३ गतेबाट १५ गतेसम्मका लागि मठ मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक शिलान्यास, उद्घाटन, सम्मेलन लगायतका कार्यमा रोक लगाएको जानकारी दिए ।

चाडपर्वका क्रममा जिल्लाभरका मठ मन्दिर, पण्डाल, गुम्बा, चर्च, मस्जिदमा दैनिक रुपमा नित्य पूजा, प्रार्थना बाहेक सामूहिक रुपमा पूजा प्रार्थना, भजन किर्तन, रथ तथा कलश यात्रा, बली पूजा, मूर्ति विर्सजन जस्ता कार्य गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको छ ।

प्रशासनले उक्त आदेश उल्लंघन गर्ने वा आदेश पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिएको छ।

यस्तो छ सूचना-

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ३० बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार