नेपाली बिरामीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पतालमै पुगे राजदूत ढकाल | Khabarhub Khabarhub

नेपाली बिरामीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पतालमै पुगे राजदूत ढकाल



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहितको टोलीले अस्पतालमा उपचाररत नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

राजदूत ढकालसहित श्रम काउन्सिलर निर्मला थापा र पीआरओ इर्फानको टोलीले अस्पतालमै पुगेर विभन्न कारणले बिरामी परेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन्।

टोलीले दुबईको रसिद अस्पतालमा पुगेर त्यहाँ उपचाररत नेपाली बिरामीको अवस्थाबारे जानकारी लिएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

उनले अस्पतालमा नेपाली पाँच जना बिरामीहरुलाई भेटेर उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

बिरामीहरुलाई भेटेपछि राजदूत ढकालले नेपालीहरुको उपचारमा कुनै कसर बाँकी नराख्ने र दूतावासबाट हुने आवश्यक सबै सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

साथै राजदूत ढकालले अस्पतालका महानिर्देशकसँगको छलफलमा नेपाली बिरामीहरूलाई उपलब्ध गराउँदै आएको हेरचाह, उपचार र सहयोगका लागि समेत धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ४४ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना