सचिवालय बैठककै समयमा ओलीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक | Khabarhub Khabarhub

सचिवालय बैठककै समयमा ओलीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफूविरूद्ध एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि सचिवालय बैठक सार्न दबाब दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोही समयमा मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन् ।

बैठक सार्न ओलीले दबाब दिँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका बहुमत सचिवालय सदस्यले  अस्वीकार गरेपछि बैठक छल्न ओलीले आकस्मिक मन्त्रिपरिषद् डाकेको आकलन गरिएको छ ।

विवाद चर्किदै जाँदा मंगलबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका ओलीले थप केही कदम पनि चाल्न सक्ने बुझिएको छ ।

पार्टी विवाद बढेको बेला ओलीले गत वैशाखमा राजनीतिक दल फुटाउने सम्बन्धी अध्यादेश ल्याएका थिए । पार्टीभित्र चर्को विवाद भएपछि राष्ट्रपतिले ती अध्यादेश फेरि खारेज गरेकी थिइन् ।

पार्टी विवाद उत्कर्षमा रहेका बेला सचिवालयकै समयमा आकस्मिक मन्त्रिपरिषद् बैठक डाकिएपछि  अर्को पक्ष सशंकित भएको छ ।

तर, ओली अनुपस्थित भएपनि आज दिउँसो १ बजेको सचिवालय बैठक नरोकिने दाहाल-नेपाल अर्को पक्षले जनाएको छ ।

‘यसअघि सहमतिमा आह्वान भएको बैठक एक पक्षको निर्णयले मात्रै रोकिन्न, पार्टीलाई सधैँ अनिर्णयको बन्दी बनाउन सकिन्न’, दाहाल-नेपाल समूहका एक सचिवालय सदस्यले भने ।

पार्टी फुट नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कार्यकारी अध्यक्ष दाहाललाई मिलेर अघि बढ्न सुझाव दिएकी थिइन् ।

नेकपा विवाद बढेपछि चिनियाँ पक्षले पनि त्यसको व्यवस्थापनमा फेरि सक्रियता बढाएको छ । चिनियाँ राजदूत होउ यान्छीले मंगलबार नै दुई घण्टा ओलीलाई भेटेकी थिइन् ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

बहुमत सचिवालय सदस्यको दबाबपछि गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव छलफलमा लगेका छन् । जसमा ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ०८ बजे

हुम्लाको बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली– बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै

हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२